National life

देशभर उद्योग, व्यवसाय र रोजगारी तथ्यांक संकलनका लागि दोस्रो आर्थिक गणना शुरु हुँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२२ पुस २०८२, मङ्गलबार
931Shares
देशभर उद्योग, व्यवसाय र रोजगारी तथ्यांक संकलनका लागि दोस्रो आर्थिक गणना शुरु हुँदै
ncell

काठमाडौं । ‘अर्थतन्त्र मापनको लागि आर्थिक गणना’ भन्ने नारासहित मुलुकको दोस्रो आर्थिक गणना चैत १ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभर चैत १ गतेदेखि असार मसान्तसम्म आर्थिक गणना सञ्चालन गरिनेछ ।

कार्यालयले आर्थिक गणनाका लागि तालिका, लोगो र नारा सार्वजनिक गरिसकेको छ । यसअघि पहिलो आर्थिक गणना २०७५ सालको वैशाख महिनामा सुरु गरिएको थियो ।

Royal Enfield
nic asia capital

दोस्रो आर्थिक गणनाका लागि करिब ५ हजार गणक नियुक्त गरिनेछ । गणनाका क्रममा उद्योग तथा व्यवसायसँग सम्बन्धित आर्थिक विवरण, उद्योगबाट भएको उत्पादन, देशको औद्योगिक अवस्था, रोजगारी सिर्जनाको अवस्था लगायतका महत्वपूर्ण तथ्यांक संकलन गरिने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

राष्ट्रिय आर्थिक गणनामार्फत उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी–सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विस्तृत विवरण संकलन गर्ने योजना रहेको कार्यालयले स्पष्ट पारेको छ ।

आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले मूल्यवृद्धि, रोजगारीको स्थिति, उपलब्ध अवसर, आवश्यक जनशक्ति तथा आगामी दिनमा लिनुपर्ने नीतिगत निर्णयका लागि आवश्यक सूचना उपलब्ध गराउने विश्वास गरिएको छ । यसबाट प्राप्त तथ्यांकको गहन विश्लेषणले राज्यलाई भविष्यका आर्थिक तथा विकास नीतिहरू निर्माण गर्न थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यालयका अनुसार गणनाका क्रममा विभिन्न १८ वटा क्षेत्रका आधारभूत विवरण संकलन गरिनेछ । गणनाका लागि आवश्यक सम्पूर्ण पूर्वतयारीका काम फागुन मसान्तसम्म सम्पन्न गरिनेछन् । तथ्यांक संकलनका लागि वैशाख २ गतेदेखि असार ७ गतेसम्म तालिमप्राप्त गणक तथा सुपरीवेक्षकहरू देशभर स्थलगत रूपमा परिचालन हुनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
931SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?