काठमाडौं । आईटी आर्मी टिमले नीजी मेनपावर कम्पनीहरु खारेज गर्न माग गरेकाे छ । आम जनता पार्टीको आईटी आर्मी टिमले नीजी मेनपावर कम्पनीहरु खारेज गरी वैदेशिक रोजगारीमा जना चाहनेहरुलाई सरकारी संयन्त्र (जि टू जी र जि टू पी) मोडलमार्फत पठाउन सरकारको ध्यानाकार्षण गराएको हाे ।
बुधबार आम जनता पार्टीका प्रवक्ता एवं आईटी आर्मीका अध्यक्ष चन्द्र भुषण साहसहितको टिमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकार्षण गराउँदै ११ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
आईटी आर्मीले निजी मेनपावरहरु खारेज हुनुपर्ने, वैदेशिक रोजगारीमा जाने कामदारलाई सरकारी संयन्त्रमार्फत पठाउन पर्ने, ठग मेनपावर र ऐजेन्हरुलाई कार्यवाही गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेको छ ।
यस्ता छन् आईटी आर्मीले राखेका मागहरुः
निजी मेनपावरहरु खारेज गरी सरकारी संयन्त्रमार्फत (GtoG, GtoP मोडेलमा) कामदार विदेश पठाउने व्यवस्था गर्नुपर्ने,
ठग मेनपावर र ऐजेन्टहरुलाई कार्यवाही गर्नुपर्ने,
गलत एवं असुरक्षित श्रम स्वीकृत गर्ने अधिकारीलाई कानूनी दायरामा ल्याउनुपर्ने,
मनपरी रकम असुली रोक्न कामदार छनोटको प्रक्रिया पारदर्शी बनाउनुपर्ने,
फ्रि भिषा, फ्रि टिकटको नियम व्यवहारतः कडाइका साथ लागू गर्नुपर्ने,
वैदेशिक रोजगार पीडितहरूको लगत तयार गर्नुपर्ने,
विदेशमा अल्पत्र र समस्यामा परेकाहरुलाई शिघ्र उद्दार गर्नुपर्ने,
सरकारले तत्काल पीडितहरुको समस्या समाधान गर्न स्वदेश तथा परदेशमा द्दद्ध×ठ सेवा दिने विशेष संयन्त्र खडा गर्नुपर्ने,
मेडिकल, विमा, अभिमुखीकरण, श्रम स्वीकृति लगायतका कामहरुलाई थप सहज गर्नुपर्ने,
सम्भावित नयाँ गन्तव्यहरुको पहिचानको लागी ठोस प्रयास तथा सुरक्षित आप्रवासनको लागि थप जनचेतना अभिवृद्धि गर्नुपर्ने,
नेपालभित्रका सबै उद्योग, कलकारखाना तथा व्यापार व्यवसायमा १००५ स्वदेशी कामदारलाई अवसर दिनुपर्ने,
आत्मनिर्भर, स्थिर र सबल अर्थतन्त्र निर्माण गर्न स्वदेशमै थप स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्ने