National life

नेपालीले विदेश पुगेर खर्च गर्ने क्रम ह्वात्तै बढ्यो , ६२ अर्ब बाहिरियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ मंसिर २०८०, बिहिबार
460Shares
नेपालीले विदेश पुगेर खर्च गर्ने क्रम ह्वात्तै बढ्यो , ६२ अर्ब बाहिरियो
ncell

काठमाडौँ । चालू आर्थिक वर्षको ४ महिनामा नेपालीले विदेशमा गएर गर्ने खर्च ६५ प्रतिशतले बढेको छ।

कात्तिकसम्म आम्दानी ४७.२ प्रतिशत बढ्दा खर्च ६५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको हो।

सेवा खाताअन्तर्गत भ्रमण व्यय ६५.० प्रतिशतले वृद्धि भई ६१ अर्ब ९२ करोड पुगेको छ।

Royal Enfield
nic asia capital
यसमध्ये शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३७ अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय २२ अर्ब ६१ करोड रहेको थियो।

समीक्षा अवधिमा खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ७८ करोडले घाटामा रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?