National life

नेपाल टेलिकमको नाफा ९.८५% वृद्धि, यस्ता छन् वित्तीय सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३० वैशाख २०८३, बुधबार
1.9kShares
नेपाल टेलिकमको नाफा ९.८५% वृद्धि, यस्ता छन् वित्तीय सूचक
ncell

काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।

कम्पनीले समीक्षा अवधिमा ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ९.८५ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत वर्ष यही अवधिमा कम्पनीको नाफा ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

आम्दानीमा सामान्य सुधार आएपछि नाफा पनि बढेको कम्पनीले जनाएको छ । सो अवधिमा कुल आम्दानी २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १.४९ प्रतिशतले वृद्धि हो ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिसेयर आम्दानी ४६.४७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४२.३० रुपैयाँ थियो । यस्तै, बुक भ्यालु ५५०.८० रुपैयाँ, पीई रेसियो १८.३४ गुणा, प्रतिसेयर कुल सम्पत्ति मूल्य ७५१.८२ रुपैयाँ तथा करेन्ट रेसियो २.४२ रहेको छ ।














यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?