National life

नेप्से घट्दा पनि यी कम्पनीहरुको कारोबारमा लगानीकर्ताहरुको आकर्षण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ जेठ २०८१, बुधबार
567Shares
नेप्से घट्दा पनि यी कम्पनीहरुको कारोबारमा लगानीकर्ताहरुको आकर्षण
ncell

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक ९.५४ अंक घटेको छ । मंगलबार ४ अर्ब ८ करोडको कारोबार भएको नेप्सेमा आज ३ अर्ब ७० करोडमा खुम्चियो । ६५ कम्पनीको मूल्य बढ्दा १ सय ७२ को घट्यो भने ८ को स्थिर रहेको हो।

Royal Enfield
nic asia capital

उत्पादन समूह सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो भने विकास बैंक समूह सबैभन्दा धेरै ०.९६ प्रतिशत घटेको छ। अंकका आधारमा बैंकिङ ५, विकास बैंक ४०, फाइनान्स ८, होटल तथा पर्यटन ४१, हाइड्रोपावर १९, जीवन बीमा १९, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ३७ र अन्य समूह १५ अंक घटेका छन्। त्यस्तै, ब्यापार समूह ३१ र उत्पादन समूह ८९ अंक बढेका छन् ।

उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । माण्डु हाइड्रोपारको ६, बुद्धभूमि हाइड्रोपावरको ५.६, सुपरमाइ हाइड्रोपारको ४.४ प्रतिशत मूल्य बढ्यो ।

गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । ओरियन्टल होटलको ५.५, सीईडीबी हाइड्रोपावरको ४, तमोरको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा पिपुल्स पावर, नेपाल फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सोनापुर सिमेन्ट र शिवम् सिमेन्ट अग्र स्थानमा रहेका छन्।

यी हुन आज नेप्सेमा कारोबार गर्ने टप टेन कम्पनीहरु

आज नेप्से घट्दा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। युनिक लघुवित्त, उपकार लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

साथै,आज कृषि विकास बैंकको डिभेञ्चर ८३, माण्डु, बुद्ध भूमि, सुपर माई, समाज लघुवित्त, महिला लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
567SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?