National life

पर्वतारोही पुर्जाको कम्पनीलाई १ करोड बढीको क्षतिपूर्ति भर्न अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ पुस २०८१, बिहिबार
599Shares
पर्वतारोही पुर्जाको कम्पनीलाई १ करोड बढीको क्षतिपूर्ति भर्न अदालतको आदेश
ncell

काठमाडौँ। पर्वतारोही निर्मल पुर्जाको कम्पनीलाई काठमाडौँ जिल्ला अदालतले एक करोड बढीको क्षतिपूर्ति भर्न आदेश दिएको छ।

काठमाडौँ कपनस्थित एक घर मालिकालाई १ करोड १३ लाख ९९ हजार क्षतिपूर्ति भर्न आदेश दिएको हो। न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले घर भाडामा लिएको पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रालिबाट एक करोड तेह्र लाख उनान्सय हजार रुपैयाँ क्षतिपूर्ति भराइदिन गरी फैसला गरेको हो ।

दुई वर्षअघि कपन लसुनटारस्थित टंक घिसिङ र उनकी श्रीमती दालमु कित्तर घिसिङलाई क्षतिपूर्ति भर्न पुर्जाको नाममा जिल्ला अदालतले आदेश जारी गरेको हो।

Royal Enfield
nic asia capital
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले घर भाडामा लिएका पुर्जाको कम्पनी इलाइट हिमालयन एडभेञ्चर प्रा.लि.बाट क्षतिपूर्ति भराउन फैसला गरेको हो।

दुई वर्षअघि अर्थात् २०७९ असोज ६ गते भएको घटनामा घिसिङको सुविधा सम्पन्न घर ध्वस्त भएको थियो। वडा कार्यालयको रोहवरमा घर बस्न योग्य नभएको इन्जिनियरको प्रतिवेदनका आधारमा अदालतले पीडित पक्षको नाममा आदेश दिएको हो।

घर ध्वस्त भएपछि पीडित दम्पतीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, स्थानीय न्यायिक समितिमा न्यायको गुहार माग्दा समेत क्षतिपूर्ति नपाएपछि काठमाडौँ जिल्ला अदालतमा दुष्कृतिले भएको क्षतिको रकम दाबी गर्दै मुद्दा हालेका थिए । पीडित दम्पतीले साढे तीन करोड क्षतिपूर्ति माग गरेका थिए। तर, अदालतले एक करोडभन्दा बढी रकम मात्रै दिन आदेश दिएको हो।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?