National life

बजार अनुमगन प्रभावकारी बनाउन सरकारलाई उपभोक्ता हित समितिकाे निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
507Shares
बजार अनुमगन प्रभावकारी बनाउन सरकारलाई उपभोक्ता हित समितिकाे निर्देशन
ncell

काठमाडौँ । दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्थापनका लागि सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकको निर्णय सुनाउँदै सभापति अब्दुल खांनले चाडबाड लक्षित सहूलियत मूल्य पसलको सङ्ख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र बजार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए।

“चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा त्यो स्वागतयोग्य छ । यस्ता सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन समिति मन्त्रालयलाई निर्देशन दिन्छ”, उनले भने, “त्यस्तै, कर्णाली प्रदेशलगायतका विभिन्न दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन र बजारमा अस्वाभाविक मूल्यवृद्धि, मिसावट, कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या समाधान गर्न अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइन्छ ।”

Royal Enfield
nic asia capital

बैठकमा नेपालमा उत्पादित सुपारीको निकासीमा देखिएका समस्याबारे सुपारी उत्पादक किसान र व्यवसायी तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल भएको छ । सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग थप जानकारी लिएर यस विषयमा समितिले थप अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?