काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताएकी छन् । सिंहदरबारमा आइतबार बसेको समितिको बैठकमा उनले किसानहरु बाँदरबाट पीडित रहेको भन्दै बाँदर नियन्त्रणका लागि नयाँ उपायको खोजी गर्नुपर्ने बताएकी हुन् ।
उनले बाँदरको संख्या घटाउनका लागि परिवार नियोजन पनि विकल्प हुनसक्ने बताइन् । उनले भनिन्–‘यो संवेदनशील विषय हो किनभने मानिसको खाना नै क्षति भइरहेको छ ।
उनले बाँदरको गर्नु राम्रो भएकाे बताउँदै मान्छेले खान नपाउनेगरी संरक्षण गरेर पनि फाइदा नभएकाे बताइन् ।
त्यस्तै उनले कलिङको एउटा प्रिन्सिपल ल्याउनुपर्ने बताइन् । उनले भनिन– ‘कलिङको एउटा प्रिन्सिपल हामीले ल्याउनुपर्यो । किनभने बँदेल त खान्छ नी मान्छेले, बाँदर त खाँदैन । बाँदरलाई त फ्यामेली प्लानिङ गरे हुने रहेछ । भारतको हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । उनीहरुको पनि हाम्रोमा जस्तै समस्या थियो रे, परिवार नियोजन गरेर दुई तिन बर्षमा नियन्त्रण भएछ । त्यसकारण हामीले वन्यजन्तु विभागलाई केही चाँही गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि समस्या भयो ।’
































