National life

बागलुङ तमानखोलामा अवैध ढुंगाखानी सञ्चालन : पालिका मूकदर्शक, वडाको रजाइँ (भिडियो सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० वैशाख २०८२, मङ्गलबार
721Shares
बागलुङ तमानखोलामा अवैध ढुंगाखानी सञ्चालन : पालिका मूकदर्शक, वडाको रजाइँ (भिडियो सहित)
ncell

काठमाडौँ । बागलुङ तमानखोला गाउँपालिका ४ लाम्मेलामा अवैध ढुंगाखानी सञ्चालन भएको छ । दर्ताबिनाको ढुंगाखानी चलाएर ठेकेदारहरूले स्थानीय स्रोत साधनमाथि दोहन गरेका छन् ।

स्थानीय प्राकृतिक स्रोतको दोहन गर्नुको साथै राज्यले पाउनुपर्ने लाखौँ राजश्व समेत छलेका छन् । अवैध खानी सञ्चालन गर्न चलाइएका स्काभेटरले उक्त क्षेत्रको जङ्गल मासिनुको साथै मान्छे र पशुपक्षी नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अवैध खानी सञ्चालनका विषयमा वडा कार्यालय र स्थानीय क्लब संघसंस्थाको खबरदारी हुनुपर्ने भए पनि खानी उत्खननको कार्यमा वडा अध्यक्ष नै सक्रिय रूपमा लागी परेका छन् ।

तर पालीकाले भने आफूहरूलाई उक्त खानी सञ्चालन बारे कुनै जानकारी नभएको र त्यसको उद्देश्य र उत्खननको कारण समेत थाहा नभएको जानकारी दिएको छ । पालीका अध्यक्ष जोकलाल बुढाले आर्थिक भ्वाइससँग कुरा गर्दै भने 'खानी सञ्चालन मापदण्डबारे पालीकालाई समेत इजाजत दिने अनुमति छैन त्यहाँ खानी सञ्चालन भएको भन्ने सुन्नमा आए पनि पालीकामा जानकारी गराउने वा अनुमति लिने केही काम भएको छैन । त्यसको उद्देश्य र कारणबारे पनि हामी अनविज्ञ नै छौ ।''

                                                 भिडियोमा हेर्नुहोस्

https://www.youtube.com/watch?v=sVWvwNuROZ0&t=25s

 

    थप विषयवस्तु भिडियो मार्फत

 

यो समाचार शेयर गर्नुहोस्
721SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?