National life

मधुमेह तथा उच्च रक्तचापका रोगीले दशैंमा के गर्ने, के नगर्ने ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०६ कात्तिक २०८०, सोमबार
486Shares
मधुमेह तथा उच्च रक्तचापका रोगीले दशैंमा के गर्ने, के नगर्ने ?
ncell

मधुमेह तथा रक्तचापका रोगीले दशैंमा यी उपाय अपनाउँदा फाइदा हुनेछ उच्च रक्तचाप तथा मधुमेहका रोगीहरुले मासुजन्य खाद्य पदार्थको सेवन धेरै कम गर्ने।

मद्यपान तथा धूम्रपान र सूर्तिको प्रयोग नगर्ने। मिठाइका परिकारहरुको प्रयोग धेरै कम गर्ने। शरीरलाई आवश्यक मात्रामा मात्र खाद्य पदार्थको सेवन गर्ने। विषादीरहित हरियो सागपात तथा रेसादार भएका तरकारी तथा फलफूलहरुको सेवन बढी गर्नुपर्छ।

Royal Enfield
nic asia capital

पहेँला फलफूल, गेडागुडी, मासु अन्नबालीका खानाहरु र हरियो तरकारी तथा पानीको सन्तुलन मिलाएर मात्र खाद्यान्नको सेवन गर्नुपर्छ। पानीको सेवन २ देखि ३ लिटरसम्म गर्नुपर्छ। शारीरिक व्यायाम गरिराख्नुपर्छ।

यसले शरीरमा अनावश्यक रुपमा रहेका विकारयुक्त चिजहरु निष्कासनमा मद्दत गर्छ। एक अञ्जुली भातको सेवन गर्नुहुन्छ भने दुई अञ्जुली हरियो रेसादार भएको तरकारीको सेवन गर्नु र मौसमी अमिलो खालका फलफूलहरु सेवन गर्नु स्वास्थ्यका लागि फलदायी हुन्छ।

नियमित समय–समयमा रगतमा चिनीको मात्रा, युरिक एसिडको मात्रा र मिर्गौलाको कार्यक्षमताको जाँच गराइराख्नुपर्छ। नुन, घिउ तथा तेलको मात्रा धेरै कम सेवन गर्नुपर्छ। मानव शरीरका लागि २४ घण्टामा नुन जम्मा ५ ग्राम आवश्यक हुन्छ, तर हाम्रो भान्सामा १२ देखि १५ ग्रामसम्म प्रति व्यक्ति प्रयोग भइरहेको छ।

त्यस्तै मानव शरीरका लागि मध्यपानको आवश्यकता पर्दैन, शरीरलाई चाहिने अल्कोहल शरीर आफैँले उत्पादन गर्छ। चाडपर्वहरुमा रक्सीको (अल्कोहल) मात्रा बढी प्रयोग भएको हुन्छ। यसको नियन्त्रण गर्नु आवश्यक छ। उच्च रक्तचाप तथा मधुमेहका रोगीहरुले सेवन गरिरहेको औषधि नियमित रुपमा एउटै समयमा सेवन गर्नुपर्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
486SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?