National life

दशैंको टीकाको दिन अर्थात आज देशका केही भु–भागमा मनसुनी वायुको प्रभाव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असोज २०८१, शनिबार
1.4kShares
दशैंको टीकाको दिन अर्थात आज देशका केही भु–भागमा मनसुनी वायुको प्रभाव
ncell

काठमाडौं– दशैंको टीकाको दिन अर्थात आज देशका केही भु–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका बाँकी भूभागमा भने पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?