National life

ललितपुर उवासंघको चुनावका लागि बज्राचार्य समूहले गर्यो उम्मेदवारी घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ असोज २०८०, बुधबार
403Shares
ललितपुर उवासंघको चुनावका लागि बज्राचार्य समूहले गर्यो उम्मेदवारी घोषणा
ncell

ललितपुर । यही असोज १९ गते हुने ललितपुर उद्योग वाणिज्य संघको साधारणसभा तथा चुनावका लागि विश्वराज बज्राचार्य समूहले उम्मेदवारीसँगै टिम घोषणा गरेको छ।

ललितपुरको पुल्चोकमा एक चुनावी कार्यक्रम गर्दै बज्राचार्य समूहले आफ्नो उम्मेदवारीसँगै टिम घोषणा गरेको हो। साधारणसभा तथा चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। ललितपुरमा मुख्यगरी तीन प्यानलबीच चुनावी भिडन्त हुने देखिएको छ।

Royal Enfield
nic asia capital
यद्यपि, आज दर्ता हुने उम्मेदवारीबाट चुनावी प्रतिस्पर्धी टुंगो लाग्नेछ।

बज्राचार्य समूहबाट संघको अध्यक्ष उम्मेदवारमा विश्वराज बज्राचार्य छन्। यस्तै, वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले र वाणिज्य उपाध्यक्षमा रमेशभक्त गुल्मी छन भने महासचिवमा भूमिनन्दन कमार्चाय र कोषाध्यक्षमा मिलन शाक्य छन्।

कुल २२ सदस्यीय कार्यसमिति रहने संघमा १ हजार ९०० जना मतदाता छन्। ‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएका छौँ’, उम्मेदवारी घोषणा कार्यक्रममा बज्रचार्यले भने, ‘जितेपछि सबै उद्योगी–व्यवसायीलाई समेटेर ललितपुरको बलियो र मजबुत व्यवसायीक छाता संगठनकारुपमा ललितपुर उद्योग वाणिज्य संघलाई अघि बढाउँछु।’

यस्तै, साना–ठूला उद्योगी–व्यवसायीको छाता संगठनका रुपमा अघि बढाउँदै केन्द्र, प्रदेश र स्थानीय सरकार तथा उद्योग वाणिज्य महासंघसम्म ललितपुरको बलियो प्रतिनिधित्व गराउने बज्राचार्यले बताए।

बज्राचार्य समूहले संघको चुनाव जितेपछि गर्ने १५ कामहरुको सूचीसमेत तयार पारेको छ। जसमा स्थानीय उत्पादनको ब्राण्डिङ, ललिपुरमा मेला आयोजना, उत्पादन, संस्थागत सुशासनलगायतका अजेन्डा छन्।

बज्राचार्यको समूहबाट उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सविनमान जोशी, प्रविन बज्रचार्य, प्रविण ताम्राकार, विष्णुलाल सिकर्मी र शैशवकृष्ण श्रेष्ठ छन्। यस्तै, वाणिज्य सदस्यतर्फ बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेशराज बज्रचार्य, प्रविणबहादुर शाक्य, पुष्पकुमार थापा र हरिराम जोशी छन्। संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेदवार छन्।

यो समाचार शेयर गर्नुहोस्
403SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?