काठमाडौँ । दिल्लीबाट आएको विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको छ ।
ईण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा उक्त परिणामको सुन भेटिएको हो । बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।
विमानमा भेटिएको सुन र सुन बोकेर ल्याउने व्यक्तिको बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
सुनको विषय हालसम्म कुनै तथ्य नखुलेको विमानस्थलले जानकारी दिएको छ ।

































