National life

वीरेन्द्रनगरमा डेढ अर्ब लगानीको रंगशाला निर्माण गर्न सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ जेठ २०८१, सोमबार
562Shares
वीरेन्द्रनगरमा डेढ अर्ब लगानीको रंगशाला निर्माण गर्न सुरु
ncell

वीरेन्द्रनगर । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा डेढ अर्ब रुपैयाँको लगानीमा रंगशाला निर्माण सुरु भएको छ। प्रदेश सरकारको १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लगानीमा लगानीमा रंगशाला निर्माण सुरु भएको हो।

रंगशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी,जिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौँबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रुपमा कार्यरत प्राविधिक जनशक्तिले यसको निर्माणार्थ अहोरात्र खट्न आग्रह गरे।

Royal Enfield
nic asia capital

कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रंगशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने जानकारी दिए।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यका साथ निर्माणको काम आइतबारदेखि लागू हुने गरी सम्झौता गरेका बताउँदै उनले १० हजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रंगशालाको निर्माण ३० महिनामा सम्पन्न हुने जानकारी दिए।

प्रदेश सरकारअन्तर्गतको पहिलो अन्तर्राष्ट्रिय बोलपत्र आह्वान विसं २०७८ असार ३१ गते भई छ बोलपत्रदाताको सहभागितामा ०७८ भदौ २१ गते खोलिएको उहाँले जानकारीदिनुभयो । नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसी,जिएसएल जोइन्टर भेन्चुरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नमूना र गुणस्तरयुक्त रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

दश हजार दर्शक क्षमताका रंगशालामा भूकम्प प्रतिरोधी प्याराफिट बन्नेछ भिआइपी प्याराफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रंगशालाको डिजाइन गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए।

रंगशालामा टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ। यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेल खेल्न मिल्ने उनको भनाइ छ। रासस

यो समाचार शेयर गर्नुहोस्
562SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?