National life

वैदेशिक रोजगारीको नाममा ९७ लाख ठगी, ६ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१४ जेठ २०८३, बिहिबार
732Shares
वैदेशिक रोजगारीको नाममा ९७ लाख ठगी, ६ जना पक्राउ
ncell

काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर करिब ९७ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा–४ का लोकबहादुर श्रेष्ठ, टोखा–३ की तुलसा पुनमगर, तानसेन–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि–११ का प्रवीण श्रेष्ठ रहेका छन्।

प्रहरी विवरणअनुसार उनीहरूले विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम असुली गरेको पाइएको छ। रामबहादुरले क्यानडा पठाउने बहानामा चार जनाबाट ३९ लाख ५८ हजार रुपैयाँ ठगेका थिए।

Royal Enfield
nic asia capital
त्यसैगरी आशिषले न्युजिल्याण्ड पठाइदिने भन्दै तीन जनाबाट १३ लाख रुपैयाँ, लोकबहादुरले बेलायत पठाउने भन्दै एक जनाबाट १९ लाख रुपैयाँ असुलेका थिए।

यस्तै तुलसाले अमेरिका पठाइदिने भन्दै एक जनाबाट १० लाख रुपैयाँ, कृष्णप्रसादले दुबईको प्रलोभन देखाएर १० लाख रुपैयाँ र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
732SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?