काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ ।
यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ ।
त्यस्तै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ । जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ ।
त्यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्याभूषण प्रदान गरिने छ । सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।

































