National life

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० भदौ २०८०, बुधबार
391Shares
श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पाटन कृष्ण मन्दिरमा भक्तजनको घुइँचो
ncell

काठमाडौँ । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। आज श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो।

हिन्दू धर्मशास्त्रका अनुसार द्वापर युगको भाद्र कृष्णअष्टमीका दिन श्रीकृष्णको जन्म भएको थियो।

भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण हिन्दू धर्मालम्बीले आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ।

Royal Enfield
nic asia capital

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदै छ।

हरेक वर्ष जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो। पूजा अर्चनाका लागि मन्दिरको दक्षिण र उत्तरतर्फ भक्तजन लामबद्ध भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
391SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?