National life

साउनमा ८ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत,५९ वटा उद्योग दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ भदौ २०८१, सोमबार
717Shares
साउनमा ८ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत,५९ वटा उद्योग दर्ता
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो महिना, साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार साउनमा ५९ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ५७ साना हुन् भने २ ठुला उद्योग हुन् । यी उद्योगले ३२३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

Royal Enfield
nic asia capital

गत आर्थिक वर्ष २०८०र८१ देखि चालु आवको पहिलो महिना साउनसम्म कुल ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानीको लागि प्रतिबद्धता आएको छ ।

यो १३ महिनाको अवधिमा ६ हजार ३२६ साना, ठुला उद्योगले दर्ताको अनुमति पाएका छन् । यिनीहरूले ३ लाख ३४ हजार ६२४ जनालाई रोजगारी दिन सक्ने बताएका छन् ।

साउन महिनाको आएको प्रतिबद्धताको ७३ प्रतिशत हिस्सा पर्यटन उद्योगमा छ । सेवा क्षेत्रको १६ प्रतिशत र कृषि उद्योगमा ७ प्रतिशत छ । प्रशोधनका लागि ३ प्रतिशत र आईटी उद्योगका लागि १ प्रतिशत हिस्सा रहेको विभागले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?