National life

हुलास वायर 'संवर्धन समारोह' भब्य रूपमा सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ भदौ २०८०, सोमबार
405Shares
हुलास वायर 'संवर्धन समारोह' भब्य रूपमा सम्पन्न
ncell

इटहरी । सोल्टि वेष्टन मा हुलास वायर इण्डष्ट्रिज लि.ले आफ्नो प्रख्यात ब्राण्डलाई अझ सुदृढ र परिस्कृत गर्दै लैजाने उदेश्यका साथ “संवर्धन समारोह” सम्पन्न गरेको छ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले उक्त कार्यक्रम उदघाटन गरेका थिए ।

Royal Enfield
nic asia capital

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री थापासहित हुलास वायर इण्डष्ट्रिजका ब्राण्ड एम्बेष्डर क्याप्टेन विजय लामा, हुलास वायरका निर्देशक राजलक्ष्मी, तथा प्रबन्ध निर्देशक युक्ति गोल्छाले हुलास वायरको लोगो तथा विज्ञापन को भिडियो संयुक्त रुपमा रिमोटद्वारा स्विचिंग गरि समारोहको समुद्घघाटन गरिएको थियो ।

कार्यक्रममा नेपाल र भारतका विभिन्न ठाउँका हुलास वायरका सदस्यहरुको बाक्लो उपस्थिति थियो । उत्कृष्ट व्यापार प्रबर्द्धन गर्ने नेपाल र भारतका सदस्यहरु, इण्डष्ट्रिजका उत्कृष्ट एवम पुराना कर्मचारीहरुलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

कम्पनीका ब्राण्ड एम्बेष्डर क्याप्टेन विजय लामाले कम्पनीसँगको सहकार्यबारे आफ्नो मन्तब्य राखेका थिए । उनले आफुले विभिन्न कम्पनीहरुसँग जोडिएर काम गर्दै आएको भएपनि हुलास वायरसँग जोडिएर काम गर्न पाउँदा बेग्लै अनुभव रहेको सुनाए ।

गोल्छा अर्गनाइजेसनले सय वर्षको अवधिमा गरेको संघर्षको कथाले आफूलाई निकै भावुक समेत बनाएको उनले बताए ।

कार्यक्रममा प्रबन्ध निर्देषक युक्ति गोल्छाले सय वर्षको इतिहासलाई समेट्दै ४० वर्ष पुगेको हुलास वायर अझ परिमार्जित एवम परिस्कृत हुँदै जाने बताए । हुलास वायरले आगामी दिनमा स्टिल डिभिजनमा काम लाग्ने एंगल च्यानल, एचआर स्ट्रिप्स मिल लगायत अन्य आधा दर्जनभन्दा बढी नयाँ उत्पादनहरु बजारमा ल्याउन लागेको प्रबन्ध निर्देशक गोल्छाले बताए ।

हुलास वायरबाट उत्पादन हुने सम्पुर्ण बस्तुहरुलाई बजारमा पुर्याउनका लागि कार्यक्रमको आयोजना गरिएको उनले बताउनुभयो।आफूहरुको विरासतमा दुर दृष्टिबाट देखिएको यात्रा अहिले आएर वास्तविकतामा परिणत भएको बताए । उनले आफ्नो हजुरबुवाको सपना साकार पार्नका लागि इष्डष्ट्रिजका सम्पुर्ण कर्मचारी एवम् शुभचिन्तकहरुले कम्पनीप्रति देखाएको माया एवं सदभाव प्रति मुक्त कण्ठले प्रशंसा गरे ।

कार्यक्रमलाई हुलास वायरकी अध्यक्ष राजलक्ष्मी गोल्छाले हुलास वायरलाई यहाँसम्म ल्याइ पुर्याउनका लागि महत्वपूर्ण योगदान दिने सम्पुर्ण महानुभावहरुलाई आभार प्रकट गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि एवम् कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले हुलास वायरको यात्रामा आफू पनि सामेल हुन पाएको भन्दै धन्यवाद प्रकट गरे । थापाले हुलास इन्डष्ट्रिजले देशको आर्थिक विकासमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा कृषकहरुका लागि काम गर्नु पर्ने कुरामा जोड दिए ।

उनले कोशी प्रदेशमा रहेका कृषकहरुका लागि सरकारले गर्न नसकिरहेको मल उद्योग स्थापना गरेर समग्र कृषि क्षेत्रको लागि योगदान दिनुपर्ने कुरामा दिए ।

सो कार्यक्रममा लामो समयदेखि कम्पनीमा आबद्ध संघ संस्था एवं हुलास वायरका सदस्यहरुलाई अध्यक्ष श्रीमती राजलक्ष्मी गोल्छा, प्रमुख अतिथि मुख्यमन्त्री उद्धव थापा, ब्रान्ड एम्बेस्डर क्याप्टेन विजय लामा, एमडी युक्ति गोल्छा द्धारा स–सम्मान कदरपत्र वितरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाद्धारा हुलास वायर इण्डष्ट्रिजलाई आगमी दिनमा कम्पनीको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
405SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?