काठमाण्डौ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ । सो विवरण अनुसार कम्पनी यो अवधिसम्म ५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
उक्त रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८६.२४ प्रतिशतले कम हो ।
कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ७ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.५८ प्रतिशतले कम हो । कम्पनीको अन्य आम्दानी २ करोड २३ लाख रुपैयाँ र वित्त आम्दानी १९ लाख ५७ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च १ अर्ब १४ करोड ६२ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि ४६ करोड ९८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
कम्पनीको रिजर्भको आकार ६.४५ प्रतिशतले बढ्दै ५ अर्ब ७० करोड रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ईपीएस २४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ३ हजार २९९ रुपैयाँ, रिटर्न अन इक्विटी १.३ प्रतिशत र पीई अनुपात ६९१ गुणा कायम भएको तथ्यांकमा देखिन्छ ।
































