National life

अर्थ सचिव मरासिनीको स्वागत र पुष्करको बिदाइ एकैसाथ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
453Shares
अर्थ सचिव मरासिनीको स्वागत र पुष्करको बिदाइ एकैसाथ
ncell

काठमाडौँ । अर्थ मन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुष्कर कर्णको बिदाइ र सचिवको जिम्मेवारी सम्हाल्न आएका सचिव मधु मरासिनीको स्वागत गरिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्त, राजश्वसचिव डा।रामप्रसाद घिमिरेसहित मन्त्रालय तथा मातहत निकायमा कार्यरत सहसचिव, उपसचिव र शाखा अधिकृतभन्दा माथिका अधिकांश कर्मचारी स्वागत तथा बिदाइ कार्यक्रममा सहभागी थिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले मरासिनीलाई अर्थमा र पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

Royal Enfield
nic asia capital
मरासिनी यसअघि पनि अर्थ सचिव थिए । कार्यक्रममा मन्त्री पुनले लामो सरकारी सेवाका क्रममा जिम्मेवारी हेरफेर हुनुलाई सामान्य रूपमा लिनुपर्ने बताए । यस्तै उनले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।

असल नियतका साथ गरिएका काम र निर्णयमा समस्या परे कर्मचारीको संरक्षण राजनीतिक नेतृत्वले गर्ने उनको प्रतिबद्धता थियो । ‘राजनीतिज्ञ, प्रशासक वा सार्वजनिक जीवनमा भएका मानिसहरूमाथि आरोप वा टीकाटिप्पणी हुन सक्छन्’, मन्त्री पुनले भने, ‘असल नियतका साथ गरिएको काममा समस्या आइपरे राजनीतिक नेतृत्वको तर्फबाट संरक्षण हुने कुराको ग्यारेन्टी गर्छु ।’

उनले निजी क्षेत्रको विश्वास जितेर लगानीको वातावरण निर्माणलाई सरकारले प्राथमिकतामा राखेको भन्दै सोहीअनुसार काम गर्न कर्मचारीलाई आग्रह गरे । ‘निजी क्षेत्रको मनोबल उठाउनुपर्ने छ । बजेटमा हाम्रा नीतिहरू पक्कै पनि त्यसमा केन्द्रित हुनेछन्’, मन्त्री पुनले भने, ‘सिर्जित दायित्वअन्तर्गत खर्च भएका आयोजनाको निकासा दिन र अन्तर मन्त्रालय समन्वयमा ध्यान दिएर खर्च बढाउन मेरो सबैलाई आग्रह छ ।’ मन्त्री पुनले टिममा काम गरेर नतिजा दिनुपर्ने समयमा आफूहरू रहेको बताए ।

कार्यक्रममा सचिवद्वय पुष्कर र मरासिनीले सरकारले दिएको नयाँ जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने बताए । आफूहरू विगतमा पनि सँगै काम गरेको स्मरण गर्दै उनीहरुले कार्यक्रममा एक अर्काप्रति सौहार्दता प्रकट गरे । सचिव मरासिनीले बजेट निर्माणको पूर्व सन्ध्यामा रहेकाले अर्थमन्त्रीको नीतिअनुसार काम गर्न आफ्नो टिम प्रतिबद्ध रहेको बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
453SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?