National life

आगामी तीन दिनको मौसम पूर्वानुमान : यी ठाउँमा छ भारी वर्षाको सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२० वैशाख २०८३, आइतबार
1.2kShares
आगामी तीन दिनको मौसम पूर्वानुमान : यी ठाउँमा छ भारी वर्षाको सम्भावना
ncell

काठमाडौँ। नेपालमा हाल पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। साथै, नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।

अहिले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यमसम्मको वर्षा भईरहेको छ।

Royal Enfield
nic asia capital

देशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग,हावाहुरी र असिना सहित वर्षा हुने सम्भावना रहेको र बागमती र गण्डकी प्रदेशको पहाडी भु–भागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेकोले जल तथा मौसम विज्ञान विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन तथा अवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

कस्तो रहला आगामी तिन दिनको मौसमको अवस्था ?

वैशाख २० गते

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशको पहाडी भुभागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग हावाहुरी सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।

वैशाख २१

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी, असिना सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भुभागको एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

वैशाख २२

दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

रातीः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?