National life

गल्ती गर्ने जुनसुकै दलको भए पनि नछोड्नु :गृहमन्त्री लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ चैत २०८०, शुक्रबार
473Shares
गल्ती गर्ने जुनसुकै दलको भए पनि नछोड्नु :गृहमन्त्री लामिछाने
ncell

काठमाडौं, १६ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय झापामा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिँदै कागजमा भन्दा पनि परिणाम देखिने गरी काम गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री लामिछानेले लागुऔषध दुव्र्यसनलगायतका समाजमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पार्नेजस्ता विषयमा सुरक्षा निकाय निर्मम भएर लाग्नुपर्ने बताए । उनले जिल्लाका सुरक्षा निकायलाई भने, “गैरकानुनी प्रकृतिका कुनै पनि आदेशहरू अस्वीकार गर्नु तथा गल्ती गर्ने जुनसुकै दलको भए पनि नछोड्नु ।”

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गृहमन्त्री लामिछानेले आफू हिजोका दिनमा जवाफ माग्ने ठाउँमा रहेको तर आज जवाफ दिने ठाउँमा आइपुगेकाले देशमा जवाफदेहिताको प्रवर्द्धनमा सदैव ध्यान दिने पनि बताए । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जिल्लाको सुरक्षा स्थिति र चुनौती एवं गरिएका प्रयासलगायतका विषमा गृहमन्त्री लामिछानेलाई जानकारी गराए ।

यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?