काठमाडौं । गैरआवासीय नेपाली संघको निर्वाचन तालिकामा फेरबदल गरिएको छ। निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालका अनुसार मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै आसन्न निर्वाचनको कार्यक्रम संशोधन गरिएको हो।
सोमबार बसेको समितिको बैठकले समयतालिकामा आवश्यक समायोजन गर्ने निर्णय गरेको जनाइएको छ। समितिले उम्मेदवारी दर्ता प्रक्रियालाई सहज बनाउन अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था मिलाएको छ।
साथै उम्मेदवार, उनका प्रस्तावक र समर्थकको पहिचान प्रमाणीकरणका लागि मार्च १२ सम्म नेपाल आइपुग्न सकिने गरी तालिका मिलाइएको बताइएको छ।
त्यसैगरी, क्षेत्रीय पदाधिकारी पदका लागि प्रस्तावक र समर्थक अन्य क्षेत्रबाट पनि हुन पाउने व्यवस्था गर्ने विषयमा समितिभित्र छलफल भइरहेको जानकारी दिइएको छ। संघको १२ औँ महाधिवेशन तथा नयाँ नेतृत्व चयन प्रक्रिया आगामी मार्च १४ देखि १६ गतेसम्म काठमाडौंमा सञ्चालन हुने कार्यक्रम छ।



































