National life

मनसुन प्रभाव: हप्ता दिन बितिसक्दा समेत सञ्चालनमा आउन नसकेका यी राजमार्गहरू

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ असोज २०८१, बिहिबार
636Shares
मनसुन प्रभाव: हप्ता दिन बितिसक्दा समेत सञ्चालनमा आउन नसकेका यी राजमार्गहरू
ncell

काठमाडौँ। गत शुक्रवार र शनिवार परेको लगातारको वर्षापछि देशका साना ठुला गरी २० भन्दा बढी सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन् । तीमध्ये केही आंशिक रूपमा खुलेका छन् भने केही सडकहरू अझै सुचारु हुन सकेका छैनन्।

काठमाडौँ उपत्यकाकै ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन एक साता पुरै हुँदा समेत सञ्चालनमा आउन सकेको छैन ।  विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ। गत २४ घण्टामा विभिन्न नाकाहरू हुँदै १० हजार ३ सय ७० ओटा सवारी साधनमा ५२ हजार २ सय ५४ जना यात्रुहरू काठमाडौँ उपत्यका भित्रिएका छन् ।

यस्तै, यो बिचको अवधिमा ११  हजार २ सय २१ ओटा सवारी साधनमा ६१  हजार २ सय ८५ जना यात्रुहरू उपत्यकाबाट बाहिरिएका छन्। काभ्रेपलान्चोकको विभिन्न स्थानहरूमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्य पहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ।

रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका १ स्थित खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ।

मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा आवत–जावत रोकिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?