काठमाडौँ । तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवाहक बस खस्दा १४ जनाको घटना स्थलमै मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत उक्त स्थानमा भएको दुर्घटनामा समाचार तयार पार्दाको समय ९ १ः ३०० सम्म १७ जना यात्रुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बर प्लेटको यात्रुवाहक आज बिहान मर्स्याङ्दी नदीमा खसेको हो । प्रहरी प्रवक्ता दिपक कुमार राय अनुसार १४ जनाको मृत्यु भएको छ भने १६ जनालाई उद्धार गरेर उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ।
कास्कीको पोखराबाट काठमाडौँका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् ।
बसमा भारतीय नागरिकहरू रहेका भन्ने जानकारी भएपनी बसमा ४० जना नै थिए वा त्यो भन्दा घटिबढी भन्ने विषय प्रस्ट हुन नसकेको रायको भनाई छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

































