काठमाडौं । भारतीय सीमावर्ती गाउँ कोइलाबासबाट लमही आउँदै गरेको रा १ ख ८३३ नम्बरको बस आज दिउँसो गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना भएको हो।
उक्त घटनामा २५ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गढवाका अनुसार दुर्घटनामा २५ जना घाइते भएका र घाइतेहरुलाई उपचारका लागि लमही अस्पताल पठाइएको जानकारी दिएका छन् ।
उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ।
दुर्घटनाको कारण खुलेको छैन । तर प्रहरी नियन्त्रणमा रहेका चालकले ओरालोमा ब्रेक फेल भई बस अनियन्त्रित भएर दुर्घटना भएको बताएका छन् ।

































