National life

आज सार्वजनिक बिदा: कृषि विकास बैंकको यी शाखा खुला रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ माघ २०८१, बुधबार
540Shares
आज सार्वजनिक बिदा: कृषि विकास बैंकको यी शाखा खुला रहने
ncell

काठमाडौं । सरकारले आज (माघ १६) गते र भोली (माघ १७) गते दुई दिन सार्वजनिक बिदा रहेको छ। माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनाम ल्होसार भएकाले सार्वजनिक बिदा दिएको हो ।

कृषि विकास बैंकले भने दुवै सार्वजनिक बिदाको दिन सेवा दिने भएको छ। बैंकले एक सूचना जारी गर्दे ग्राहकहरुलाई मध्यनजर दुवै दिन सेवा दिने गरेको जानकारी दिएको छ।

Royal Enfield
nic asia capital
बैंकले देशभरका ११ शाखाहरूबाट पूर्णकालीन सेवा दिने भएको हो।

सार्वजनिक बिदामा खुल्ने बैंकका शाखाहरूमा कोसी प्रदेश शाखा विराटनगर, मधेस प्रदेश कार्यालय जनकपुर, प्रदेश कार्यालय वीरगन्ज, बागमती प्रदेश कार्यालय काठमाडौं, प्रदेश कार्यालय वीरेन्द्रनगर, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय भैरहवा, प्रदेश कार्यालय दाङ, कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी, कर्पोरेट शाखा रामशाहपथ रहेको सूचनामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?