काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समिति बैठकले चालु आ.व.२०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ ।
बैंकको पौष २९ गते सम्पन्न सञ्चालक समितिको ६९४औं बैंठकले बैंकको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू माथि छलफल गरी स्वीकृत गर्नुका साथै सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको जनाएको छ।
बैठकले आ.व.२०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात् यथाशीघ्र बैंकको २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले जानकारी दिएका छन् ।

































