National life
cg eloctronics

सिटिजन्स बैंकको वित्तीय विवरण प्रकाशित, यस्ता छन् प्रमुख वित्तीय सूचांक एवं उपलब्धीहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ साउन २०८१, शनिबार
554Shares
सिटिजन्स बैंकको वित्तीय विवरण प्रकाशित, यस्ता छन् प्रमुख  वित्तीय सूचांक एवं उपलब्धीहरु
ncell

सिटिजन्स बैंक लिमिटेड (CZBIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले देशमा देखिएको आर्थिक सुस्तताको बीच पनि यस अबधिमा ६१ करोड ६२ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

पछिल्लो समय देशमा देखिएको प्रतिकुल अवस्थाका वाबजुत पनि बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा वित्तीय विवरणलाई तुलनात्मक रुपमा विश्लेषण गर्दा देहाय बमोजिमको प्रमुख वित्तीय सूचकाइमा प्रगति गरेको देख्न सकिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले आर्थिक वर्ष २०८०/८१ मा निक्षेप, कर्जा दुवैमा उल्लेख्य वृद्दि गर्न सफल भएको छ, यस अवधिमा बैंकले वेसरट एकल अंकमा ल्याउन सफल भएको छ कर्जा निक्षेपको अनुपात (सिडि रेसियो) एवं तरलता अनुपातले बैंकको स्वस्थ वित्तीय अवस्था चित्रण गरेको छ। बैंकको कूल निक्षेपमा चालु र बचत निक्षेप परिचालनको अवस्थामा उल्लेख्य सुधार भएको छ । बैंकको पूँजी पर्याप्तता अनुपातमा समेत सुधार भएको छ ।

आर्थिक क्रियाकलापहरुमा आएको सुस्तताका बाबजुद पनि बैंकले गत आर्थिक वर्षमा बाग्मती प्रदेशमा ४ गण्डकी प्रदेशमा २ कर्णाली प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २ गरि ९ वटा थप शाखाहरु संचालनमा ल्याएको छ ।

बैंकले गत बर्ष आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आफ्नै भवनमा लर्निङ्ग सेन्टरहरु एकसाथ संचालनमा ल्याएको छ । कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको हो।

यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७ बाग्मतीमा ८० गण्डकीमा ३३ लुम्बिनीमा ५६ कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन् ।

यस अवधिमा बैंकको खूद नाफा १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकले २ अर्ब ७ करोड बढी सञ्चालन मुनाफा तथा ५ अर्ब ६८ करोड बढी खूद ब्याज आम्दानी गरेको देखिएको छ । यस अवधिमा बैंकको रिजर्भको आकार ६ अर्ब ७४ करोड रहेको छ ।

समीक्षा अवधिका लागि बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४५ पैसा, कस्ट अफ फण्ड ६.३२ प्रतिशत, आधार दर ८.२६ प्रतिशत रहेको छ ।

यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५१.८१ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात २०.४७ गुणा कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?