काठमाडौँ। कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७७ हजार ७६६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।
उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै खरिद आवेदन दिन सक्ने भएका छन्। सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को ब्यहोरा खुलाउनु पर्नेछ। निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआए अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले उल्लेख गरेको छ ।



































