National life
cg eloctronics

बजेट पुनर्लेखनको माग गर्दै मधेशमा विपक्षी दलहरुको अवरोध, अनिश्चित कालका लागि बैठक स्थगित

अहिलेको मधेश प्रदेश सरकारले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरेको आरोप

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१८ असार २०८३, बिहिबार
1.4kShares
बजेट पुनर्लेखनको माग गर्दै मधेशमा विपक्षी दलहरुको अवरोध, अनिश्चित कालका लागि बैठक स्थगित
ncell

जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका छन् ।

बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए । जनमत पार्टीका सांसद संजय यादवले मधेश प्रदेश सरकारले १ करोड भन्दा कमको योजना नल्याउने भनेर घोषणा गरेपनि स–साना टुक्रा रेडबुकमा राखेको पाइएकाले विरोध जनाएका छन् । उनले बजेट पुनर्लेखन नभएसम्म सम्पूर्ण विपक्षी दलहरुले संसद अवरुद्ध गर्ने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सांसद उपेन्द्र महतोले अहिलेको मधेश प्रदेश सरकारले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरेको आरोप लगाएका छन् । उनले प्रदेशको अर्थतन्त्रलाई नै समाप्त पार्नेतर्फ प्रदेश सरकार लागि परेको आरोप लगाएका छन् । 

रौतहटमा एक अर्व ६६ करोडको एउटा टेन्डर आह्वान गरिएकोमा सांसद महतोले आपत्ति जनाएका छन् । उनले रेडबुकमै नभएको योजनाको टेन्डर भएकोमा प्रश्न उठाए । मन्त्रालयहरुले पाउने भन्दा पनि बढी रकमको टेन्डर गरिनुले आउने दिनमा प्रदेश सरकारको व्ययमा थपिने सांसद महतोले बताए । 

उनले संघीयतालाई नै समाप्त पार्ने गरी कार्य कहाँबाट गर्न खोजिएको भनेर मुख्यमन्त्री कृष्ण यादवलाई प्रश्न गरेका छन् । मुख्यमन्त्री कृष्ण यादवले संघीयता समाप्त पार्नेतर्फ लागेको र उनलाई सत्ताधारी नेकपा माओवादी र नेकपा एमालेले पनि साथ दिइरहेको सांसद महतोले आरोप लगाएका छन् । सांसद महतोले नेपाली कांग्रेस दल लासको पार्टी भएको आरोप लगाएका छन् ।

हिजो (बुधबार) बसेको बैठकमा पनि विपक्षी दलहरुले विरोध जनाएपछि बैठक आजका लागि स्थगित भएको थियो । अब अर्को बैठक कहिले बस्ने भन्ने निश्चित छैन ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?