काठमाडौँ । आरती पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले साधारण सेयर निस्कासन गर्न साउन ३२ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सभामा वित्तीय विवरण स्वीकृत गर्ने, लेखा परीक्षण प्रतिवेदन पारित गर्ने, सञ्चालक समिति चयन गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
सभामा कम्पनीको सेयर पुँजीको समूहगत वर्गीकरण संशोधन गर्न कम्पनीको प्रबन्ध पत्रको दफा ६ को उपदफा ‘घ’ संशोधन गर्ने प्रस्ताव रहेको छ ।
































