National life

उद्योगी व्यवसायीको प्रश्न: हामी महशुल तिर्न तयार छौ प्राधिकरण प्रमाण दिन तयार हो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
644Shares
उद्योगी व्यवसायीको प्रश्न: हामी महशुल तिर्न तयार छौ प्राधिकरण प्रमाण दिन तयार हो ?
ncell

काठमाडौँ। डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको उद्योगको बिजुली लाइन तत्काल जडान गरिदिन उद्योगी व्यवसायीले आग्रह गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई संयुक्त रूपमा भेटेर उद्योगी व्यवसायीले प्राधिकरणले काटेको लाइन तत्काल जडानका लागि पहल गर्न आग्रह गरेका छन् ।

उक्त भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्योगी पशुपति मुरारकाले विद्युत् प्राधिकरणले एकपछि अर्को गर्दै विद्युत् लाइन काटेर उद्योगीलाई निरुत्साहित गर्नुको साथै अन्याय गरेको बताएका छन् । साथै, प्राधिकरणले विद्युत् महसुलसम्बन्धी प्रमाण दिए सकेमा आफूहरूले शुल्क तिर्न तयार भएको समेत उनको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

ऊर्जामन्त्री खड्काले उद्योगी व्यवसायीसँगको भेटमा उद्योगमा विद्युत् कटौती भएको विषयमा आफ्नो मन्त्रालय, विद्युत् नियमन आयोग, नेपाल विद्युत् प्राधिकरणलगायत सरोकारवाला निकायसँग छलफल गर्दै तत्काल समस्याको समाधान खोज्न पहल गर्ने प्रतिबद्धता जनाएका छन। मन्त्री खड्काले उद्योगीले प्रयोग गरेको लाइनबापतको रकम तिर्नुपर्ने कारण देखाउँदै प्राधिकरणले लाइन काट्न नहुने बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले ‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ विद्युत्‌बारे लाल आयोगले अध्ययन गरिसकेकाले प्रतिवेदनलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र मन्दीमा रहेका बेला उद्योगको लाइन काट्दा थप समस्या उत्पन्न हुन सक्ने भएकाले यथाशीघ्र समस्याको समाधान गर्न विभागीय मन्त्रालय लाग्नुपर्नेमा जोड दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?