National life

एमाले र कांग्रेसबिच राजदूत नियुक्तिमा समझदारी, कुन देशमा कसलाई सिफारिस ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
498Shares
एमाले र कांग्रेसबिच राजदूत नियुक्तिमा समझदारी, कुन देशमा कसलाई सिफारिस ?
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले एमाले र कांग्रेस राजदूत नियुक्तिमा समझदारी कायम गरेको छ ।

प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच राजदूत नियुक्तिमा  सहमति जुटेको हो । सहमति अनुसार अमेरिका, चीन, बेलायत र रुसमा एमालेले राजदूत सिफारिस गरिने भएको छ। यी चार वटै शक्ति राष्ट्र हुन्, जहाँ पहिलो पटक एमालेले एकै पटक आफ्नो सिफारिसमा राजदूत पठाउन लागेको हो।

Royal Enfield
nic asia capital

भारत, जापान, अस्ट्रेलिया र मलेसियामा कांग्रेसको सिफारिसमा राजदूत नियुक्त गर्ने सहमति बनेको छ। एमाले र कांग्रेसबीच खाली रहेका अन्य देशमा पनि राजदूत सिफारिस गर्ने सहमति सहजै बनेको उच्च स्रोतले जनाएको छ। सहमति अनुसार एमालेभन्दा कांग्रेसले एक बढी देशमा राजदूत सिफारिस गर्नेछ।

दुई वटा छिमेकीमध्ये एमालेले चीन र कांग्रेसले भारतमा राजदूत सिफारिस गर्ने सहमति बनेको हो। लामो समयदेखि कांग्रेस र कम्युनिस्ट पार्टीहरूबिच सत्ता सहकार्य हुँदा चीनमा कम्युनिस्ट पार्टीको सिफारिसमा राजदूत नियुक्त हुँदै आएको छ। चीनमा अहिले माओवादी केन्द्रको सिफारिसमा गएका विष्णु पुकार श्रेष्ठ राजदूत छन्। नयाँ राजदूत सिफारिस हुनुअघि श्रेष्ठलाई फिर्ता बोलाउने सरकारको तयारी भएको जनाएको छ ।

त्यस्तै रुसमा एकीकृत समाजवादी पार्टीको सिफारिसमा पठाइएका मिलनराज तुलाधर अहिले राजदूत छन्। हाल एकीकृत समाजवादी विपक्षमा रहेकाले राजदूत तुलाधरलाई पनि फिर्ता बोलाउने तयारी छ। सोही पार्टीको सिफारिसमा राजदूत बनाएर अस्ट्रेलिया पठाइएका कैलाश राज पोखरेललाई पनि फिर्ता बोलाइने छ।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?