National life

दुई देशको कोटा पाएको रास्वपमा राजदूत बन्न ५० जना बढीले दिए आवेदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
494Shares
दुई देशको कोटा पाएको रास्वपमा राजदूत बन्न ५० जना बढीले दिए आवेदन
ncell

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट राजदूत नियुक्तिका लागि आवेदन दिने प्रक्रिया सुरु भएसँगै आवेदन दिनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

रास्वपाले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार गरेर सोमबारबाट अनलाइन फारम खुला गरेको छ ।  मापदण्ड तयार पार्नका लागि प्रतिनिधिसभा सदस्य शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा.अतिन्द्र दाहाल सदस्य रहेको कार्यदल बनेको छ।

Royal Enfield
nic asia capital

राजनीतिक भागबन्डा अनुसार रास्वपाले दुई देशको लागि राजदूतको कोटा पाएको छ।

यस अगाडि सरकारले गत शुक्रवार (असार ७) ८ वटा देशका लागि राजदूत सिफारिस गरिसकेको छ।

गत जेठ २४ गते विभिन्न ११ वटा मुलुकका राजदूत फिर्ता बोलाएको थियो। त्यसयता रिक्तमध्ये अब ३ वटा देशका राजदूत सिफारिस हुन बाँकी छ। खाली भएकामध्ये अब दक्षिण कोरिया, कतार, इजरायल र पोर्चुगलमा राजदूत सिफारिस हुन बाँकी छ।

सोमबार खुला गरेको अनलाइन आवेदनमा मङ्गलवार बिहानसम्म ५० बढी आवेदन परेको छ । आगामी  शुक्रवार बेलुकीसम्म अनलाइन फारम खुला हुने भएको छ ।

कार्यदलले तयार पारेको मापदण्डसहितको प्रतिवेदन सोमबार पार्टी सभापति रवि लामिछानेलाई हस्तान्तरण गरिएको थियो। प्रतिवेदनमा राजदूत नियुक्तिका लागि विभिन्न ७ मापदण्ड उल्लेख गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?