काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकले ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ। सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको ज्ञानेश्वरमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
आवेदन पेश गर्दा के–कति सेयर खरिद गर्न चाहेको हो सो को व्यहोरा खुलाउनु पर्नेछ । निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
































