काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले दुई जना सञ्चालक नियुक्त गरेको छ ।
कम्पनीले संस्थापक शेयरधनीको तर्फबाट संचालकमा युवराज राई र स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई नियुक्ति गरेको जानकारी दिएको छ ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १४ (२) को ‘ख’ मा भएको व्यवस्था बमोजिम राइलाई संस्थापकको तर्फबाट संचालमा नियुक्ति गरेको कम्पनीले जनाएको छ।
यस्तै, बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १४ (३) मा व्यवस्था बमोजिम भ्ट्टराईलाई एक कार्यकाल लागि संचालकमा नियुक्ति गरिएको हो ।
































