National life

ट्रेड सेन्टरको सटर मिलाइदिन्छु भन्दै साढे १३ करोड रकम ठगी, ६ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ असार २०८१, मङ्गलबार
402Shares
ट्रेड सेन्टरको सटर मिलाइदिन्छु भन्दै साढे १३ करोड रकम ठगी, ६ जना पक्राउ
ncell

काठमाडौँ । कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर उपलब्ध बनाउने भन्दै विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने सोही सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलंकीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार २ सय ५६ रुपैयाँ ठगी गरेको आरोपमा ६ जना सञ्चालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाका ६१ वर्षीय शान्तिरमण पंगेनी,काठमाडौँका ६८ वर्षीय नरेन्द्र बज्राचार्य, ५१ वर्षीय राजु महर्जन, ललितपुरका ६२ वर्षीय राजेशकृष्ण श्रेष्ठ, पाल्पाका ५३ वर्षीय निरञ्जनकुमार श्रेष्ठ र कास्कीका ५९ वर्षीय चिरञ्जीवी पौडेल रहेको प्रहरीको भनाइ छ। नरेन्द्र बज्राचार्य प्राइम कमर्सियल बैंकका सञ्चालक समेत हुन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले कलंकी डेभलपर्स र मिला ल्याण्ड डेभलपमेन्ट प्रालिमार्फत कलंकी ट्रेड सेन्टर निर्माण गरी व्यापारिक सटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

यो समाचार शेयर गर्नुहोस्
402SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?