National life

तत्कालीन कार्यालय प्रमुख आचार्य सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
620Shares
तत्कालीन कार्यालय प्रमुख आचार्य सहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ncell

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख समेत रहेका धनञ्जय आचार्य सहित समेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनीहरूमाथि ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि कर्णाली प्रदेश सरकारबाट प्राप्त भएको रकम अनियमितता गरेको पाइएको छ।

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सब–इन्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाही विरुद्ध नौ लाख ९३ हजार ९४० रुपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
620SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?