National life

तिहारका लागि फूल बेच्न ४६ ठाउँ निर्धारण, लुकिछिपी बेचे कारबाही हुने (ठाउँको सूचि)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ कात्तिक २०८१, मङ्गलबार
509Shares
तिहारका लागि फूल बेच्न ४६ ठाउँ निर्धारण, लुकिछिपी बेचे कारबाही हुने (ठाउँको सूचि)
ncell

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका लागि फूल बेच्नका लागि ४६ ठाउँ तोकेको छ। महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै प्लास्टिकका फूल बिक्री निषेध गरिएको समेत जानकारी दिएका छन् ।

‘काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्रीलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्रीको प्रबन्ध गरेको छ।’ उनले लेखेका छन्। ‘प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गरिएको हो,’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास गरिएको मेयर शाहले बताएका छन्। गत वर्ष महानगरले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चौर, हाँडी गाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्न ठाउँ तोकेको थियो। उक्त स्थानमा फूल तथा माला बिक्री नभएपछि कृषकहरूले त्यत्तिकै छाडेर हिँडेका थिए।

फूल बेच्नका लागि निर्धारण गरिएका ४६ ठाउँहरू निम्न हुन
१) आरती पार्टी प्यालेस, माछा पोखरी २) बुद्ध मल, माछा पोखरी ३) बालाजु भाटभटेनी, माछा पोखरी, ४) भ्याली कोल्ड स्टोर, बालाजु ५) सामुदायिक भवन, बालाजु ६) धर्म चक्र पार्क, स्वयम्भू ७) स्वयम्भू मार्ट ८) भाटभटेनी, कलंकी ९) कलंकी ट्र्रेड सेन्टर, कलंकी १०) एस. एन. एस., कलंकी ११) एन. बि. टि. सि., कलंकी १२) नेपा व्याङ्क्वेट, खुशिँवु १३) बिग मार्ट, कालधारा, पकनाजोल १४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी १५) काठमाडौँ मल, सुन्धारा १६) सिभिल मल, सुन्धारा १७) सिटिसि मल, सुन्धारा १८) रञ्जना मल, नयाँ सडक १९) विग मार्ट कम्प्लेक्स, अनामनगर २०) एटि कम्प्लेक्स, न्यू प्लाजा २१) भाटभटेनी, अनामनगर २२) आइटी प्लाजा, कमलादी २३) संकटा चोक, टेवहाल २४) के. एल. टावर, चाबहिल २५) वि एन्ड एसएम, बौद्ध २६) भर्गो जापान, शंखमुल २७) आइप्लेक्स, बानेश्वर २८) एनबि सेन्टर, नयाँ बानेश्वर २९) फोनिक्स टावर, बत्तीसपुतली ३०) चाबहिल फुटबल चौर, चाबहिल गणेश स्थान ३१) बिगमार्ट, शंखमुल ३२) बिबिएसएम, कोटेश्वर ३३) सिफल चौर, सिफल ३४) केटिएम पार्टी प्यालेस, ३५) निराकल कम्प्लेक्स, शंखमुल ३६) एसि कम्प्लेक्स, चाबहिल ३७) भाटभटेनी, कोटेश्वर ३८) भाटभटेनी, नक्साल ३९) विग मार्ग, बालुवाटार ४०) सेल्स बेरी, महाराजगञ्ज ४१) भाटभटेनी, महाराजगञ्ज ४२) कोइराला मार्ट, सामाखुशी ४३) विग मार्ट, सामाखुशी ४४) सिटी सेन्टर, कमलपोखरी ४५) ल्होत्से मल, बालाजु ४६) सासा ब्याङकेट सोह्र खुट्टे

स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सकिने महानग।ले जनाएको छ । यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण गरिने महानगरको भनाई छ ।

nic asia capital

थप जानकारीका लागि काठमाडौँ महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सक्नु हुनेछ । वा नगर प्रहरीको हटलाइन नम्बर ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सक्नु हुनेछ ।

कसैले लुकिछिपी विक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्न मेयर शाहले आग्रह गरेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?