काठमाडौँ । हिन्दु नारीहरूको मुख्य चार्ड तीज नजिकिँदै गर्दा नेपाली बजारमा दैनिक रूपमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
गत शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ ।































