National life

पोखराको गुड्कुमा भएको स्कुल बस दुर्घटनामा आमा सहित ६ वर्षीय बालकको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
602Shares
पोखराको गुड्कुमा भएको स्कुल बस दुर्घटनामा आमा सहित ६ वर्षीय बालकको मृत्यु
ncell

काठमाडौँ । आज बिहान पोखरा महानगरपालिका वडा नम्बर २१ गुड्कुमा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ ।

उक्त दुर्घटनामा ३३ वर्षीय आरती विकका छोरा ६ वर्षीय प्रिन्सु विकको उपचारका क्रममा मृत्यु भएको छ। आमा आरतीको भने घटनास्थलमै मृत्यु भएको थियो ।

छोरा प्रिन्सुको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । 

Royal Enfield
nic asia capital
सोमबार बिहान ग १ क ६२१९ नम्बरको स्कुल बस रामदीबाट पोखरा आउँदै गर्दा ५० मिटर तल खसेर दुर्घटना भएको थियो।

पोखराको बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गर्दा उक्त दुर्घटना भएको थियो।

दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन्। उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?