National life

बाग्मती प्रदेशमा विपद्जन्य घटनाका कारण तीन अर्ब बढीको आर्थिक क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० कात्तिक २०८१, शनिबार
543Shares
बाग्मती प्रदेशमा विपद्जन्य घटनाका कारण तीन अर्ब बढीको आर्थिक क्षति
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा बाग्मती प्रदेशमा मात्रै बिपद्जन्य प्रकोपका कारण ४८ वटा पक्की तथा झोलुङ्गे पुलमा क्षति पुग्दा विपदबाट तीन अर्ब ४४ करोड बढीको आर्थिक क्षति भएको छ ।

बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरका अनुसार सो अवधिमा तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० रूपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको छ ।

यस्तै काठमाण्डौ उपत्यकाबाहेकका १० जिल्लामा एक सय ९१ जनाको ज्यान भएको छ । यो विपद्मा एक सय ७७ जनाको ज्यान गएको बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरले जनाएको छ ।

Royal Enfield
nic asia capital

बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१र८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीले बगाएर ११ जना र डुबेर नौ जनाको ज्यान गएको हो ।

यस्तै यही अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एकरएक जनाको ज्यान गएको छ । यस अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेका छन् ।

त्यस्तै विपद्बाट ती जिल्लामा नौ हजार सात सय ७८ पन्छी र पाँच सय १६ चौपाया मरेको छन् ।

यही अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बाग्मती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ ।

विपदबाट ९३ सवारी साधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ । यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?