National life

बिगमार्टमा माछापुच्छ्रे बैंकका ग्राहकले १० प्रतिशत सम्मको क्यासब्याक पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ भदौ २०८१, शुक्रबार
510Shares
बिगमार्टमा माछापुच्छ्रे बैंकका ग्राहकले १० प्रतिशत सम्मको क्यासब्याक पाउने
ncell

काठमाण्डौ । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि) बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ ।

सम्झौतापश्चात देश भरि रहेका बिग मार्टका आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउनेछन् । यसै बीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु२०० सम्मको क्यासब्याक प्रदान गर्ने छ ।

माछापुच्छ्रे बैंकले देशभर रहेका ३०० भन्दा बढि विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संघ संस्थाहरु लाई व्यापार प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ सेवा, २०० एटीएम मार्फत १५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?