National life

बैंकहरुको खराब कर्जामा निरन्तर बढोत्तरी, तीन बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
548Shares
बैंकहरुको खराब कर्जामा निरन्तर बढोत्तरी, तीन बैंकको खराब कर्जा ५ प्रतिशत भन्दा बढी
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा थप बढेको छ । बैंकहरुले प्रकाशित गरेको तथ्याँक अनुसार खराब कर्जामा सुधार आउनुको साटो थप बढेको देखिएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खराब कर्जा औसतमा ३.३९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षकै चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकहरुको खराब कर्जामा वृद्धि भएर ३.५३ प्रतिशत पुगेको थियो। हाल चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकहरुको खराब कर्जा औसतमा ३.७१ प्रतिशत पुगेको छ। यस आकंडालाई मूल्यांकलन गर्दा बैंकहरुको खराब कर्जा पछिल्लो समय थप बढेर गएको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ वटा बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ। तथ्याँक अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेको छ। राष्ट्र बैंकको सहुलियतले सम्भावित जोखिमबापत छुट्टाउनु पर्ने पैसा घटे पनि बैंकहरुको खराब कर्जा भने बढ्दो अवस्थामा नै देखिएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा ५.८४ प्रतिशत पुगेको छ भने लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको खराब कर्जा ५.४१ प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ ।  क्रमशः हिमालयन बैंकको खराब कर्जा ४.९८ प्रतिशत छ भने कुमारी बैंकको खराब कर्जा ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत र ग्लोबल आइएमई बैंकको ४.६७ प्रतिशत रहेको छ।

nic asia capital

यता एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम अर्थात् ०.७७ प्रतिशत छ भने माछापुच्छ्रे बैंकको १.१३ प्रतिशत, सानिमा बैंकको १.३८ प्रतिशत र नबिल बैंकको १.४२ प्रतिशत छ। पछिल्लो समय आर्थिक मन्दीले गर्दा बैंकहरुको कर्जा असुलीमा समस्या आउँदा खराब कर्जा बढ्दै गएको हो। बैंकहरुको कर्जा उठ्न नसक्दा धेरै धितो लिलामीमा निकालेका थिए। लिलामीमा निकालेको धितो समेत बिक्री नभएपछि बैंकहरु आफैले स्विकारेका छन्।

अहिले नै ३ वटा बैंकको खराब कर्जा ५ प्रतिशत माथि छ भने अन्य धेरै बैंकको ५ प्रतिशत नजिक पुगेको छ। बैंकहरुको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेमा केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गर्ने छ। जसले बैंकलाई लाभांश वितरणमा समेत रोक लाग्ने छ। बैंकहरुले खराब कर्जामा नियन्त्रण गर्न नसके उनीहरूको आगामी वर्ष लाभांश रोकिन सक्ने सम्भावना बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?