National life

भ्रष्टाचार आरोप लागेका सचिव मधु मरासिनी साधारण तारेखमा रिहा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ माघ २०८०, आइतबार
380Shares
भ्रष्टाचार आरोप लागेका सचिव मधु मरासिनी साधारण तारेखमा रिहा
ncell

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार आरोप लागेका नेपाल सरकार सचिव मधु मरासिनी साधारण तारेखमा रिहा भएका छन्।

आइतबार विशेष अदालतमा उपस्थित भएका उनलाई साधारण तारेखमा छाडिएको हो। विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा मरासिनीको बयान भएको थियो।

बयान सकिएपछि थुनछेक बहस भएको थियो।

Royal Enfield
nic asia capital
मरासिनीका तर्फबाट कानुन व्यवसायीहरू रमनकुमार श्रेष्ठ, कृष्णप्रसाद सापकोटा, ललित बस्नेतलगायतले बहस गरेका गरेका थिए।

मरासिनीले अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख हुँदा नियमित प्रक्रिया छलेर २५ करोड रुपैयाँ विनियोजन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ करोड रुपैयाँ बिगो दाबी गरेको थियो। पछिल्लो पटक उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए।

यो समाचार शेयर गर्नुहोस्
380SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?