National life

लगानीकर्ताले आजदेखि नयाँ टीएमएस मार्फत सेयर कारोबार गर्न पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
449Shares
लगानीकर्ताले आजदेखि नयाँ टीएमएस मार्फत सेयर कारोबार गर्न पाउने
ncell

काठमाडौँ । आइतबार अर्थात् आजदेखि सेयर बजारका लगानीकर्ताहरूले नयाँ टीएमएसको प्रयोग गरी सेयर कारोबार गर्न पाउने भएका छन् । सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आजदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउन लागेको हो। नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको जनाइएको छ ।

यसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाई छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने छन् । लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हर–हिसाब तथा आफ्नो पोर्टफोलियो पनि यसै प्रणालीमार्फत हेर्न पाउने व्यवस्था हुन्छ भनिएको छ।

यसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरू रहेकाले सेयर कारोबार निकै सहज हुने एसोसिएसनको दाबी छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
449SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?