काठमाडौँ। वेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर धनीको स्वामित्व रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
आजदेखि २९ हजार ४८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको कम्पनी जनाएको छ। नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन अनुसार यो सेयर खरिदका लागि कम्पनीका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखिएको छ ।
सेयर खरिद गर्न चाहने कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र कमलादी काठमाण्डौमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।
निर्धारित समयभित्र सेयर खरिदका लागि विद्यमान संस्थापक सेयर धनीहरूबाट कुनै आवेदन प्राप्त अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।































