National life
cg eloctronics

शेयर बजारसँग प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरको मिल्दो 'ट्युनिङ', कारोबारमा दैनिक नयाँ रेकर्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२८ साउन २०८१, सोमबार
551Shares
शेयर बजारसँग प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरको मिल्दो 'ट्युनिङ', कारोबारमा दैनिक नयाँ रेकर्ड
ncell

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो कारोबारका दिन आजसम्मकै उच्च कारोबार भएको छ । यो साताको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७ करोड माथिको कारोबार भएकोमा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको हो ।

शेयर बजारमा निरन्तर उच्च अंकको उकालो देखिएको नेप्से परिसूचकमा आजको कारोबार रु २७ अर्ब नाघेको छ। यो आजसम्मकै उच्च कारोबार हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्से परिसूचक आज दुई दशमलव ४७ प्रतिशतको वृद्धि भएको छ । आज तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा रु २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ बराबरको कारोबार भएको छ ।

शेयर बजारलाई कमाइतर्फको ढोका खुला र गुमानेतर्फको ढोका बन्द हुने एक मात्र व्यापारको रूपमा समेत परिभाषित गरिने गरिन्छ । यस बजारमा कमाइ जति पनि हुन सक्छ तर घाटा त्यत्ति मात्र हुन्छ जति लगानी गरिएको हुन्छ। विश्वमा लाखौँ मानिसले अर्बौको शेयर किनबेच गर्छन् । आजको मितिसम्म हेर्ने हो भने नेपालको कुनै कम्पनीको शेयरबाट घाटा छैन ।

बजार बढ्नका लागि त्यसेका निश्चित आधारहरू आवश्यक पर्दछ अहिले शेयर बजारका लागि आवश्यक वातावरण निर्माण भएको विज्ञहरूको भनाई छ । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि मार्जिन लेण्डिङका लागि लगाउँदै आएको सीमा खारेज गरेसँगै संस्थागत लगानीकर्ता पनि हौसिएको देखिन्छ ।

नेप्सेमा सुचीकृत विभिन्न कम्पनीहरूले आफ्ना वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । वित्तीय विवरण खराब भएका केही कम्पनीको शेयर मूल्य पनि उचालिएका छन् । सांसदका दुई ठुला दलको मिलेमतोमा सरकार बनेको छ । त्यो सँगै प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्रबैंकका गभर्नरको राजनीतिक तालमेल समेत मिलेको कारण बजारले गति बढाउने बाटो तय भएको छ । यसले लगानीकर्तामा नियमित रूपमा मनोबल उच्च पार्नका लागि सहयोग पुर्‍याएको छ ।

यस्तै पछिल्लो बढेको कारोबारमा नयाँ लगानीकर्ताको प्रवेश समेत उत्साहजनक रूपमा देखिएको छ । केही महिना अघि ५, ६ अर्बको सीमित कारोबार हुने बजारमा अहिले दैनिक २१, २२ हुँदै २७ अर्ब बढीको कारोबार हुन थाल्यो । जुन समयमा विभिन्न सेयर विज्ञले आ–आफ्नै धारणा बनाए पनि अर्थमन्त्रीमा विष्णु पौडेलको कम ब्याकलाई धेरैले स्वागतयोग्य मानिरहेका छन् ।

nic asia capital

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सार्वजनिक गरेको नीति कार्यक्रममा सेयर बजारको संरचनागत सुधार गर्ने, कसिलो नीतिहरूमा पुनः विचार गर्दै गैर आवासीय नेपालीलाई पनि सेयर बजारमा प्रवेश गराउने र पुँजी बजारको भरपर्दो विकास गर्ने नीति लिएको छ ।

त्यस्तै, मौद्रिक नीतिले संस्थागत लगानीकर्ताहरूका लागि २० करोडको क्याप हटाएको छ । जसले सेयर धितो कर्जाका लागि प्रोत्साहन गरेको छ । यसका अलावा पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्नु, सेयर बजारलाई आम सर्वसाधारणले सकारात्मक दृष्टिले हेर्नुले पनि बजार बढिरहेको विज्ञहरू बताउँछन् ।

‘ब्याजदर घटिरहेकै कारण सेयर बजार उकालो लागिरहने विश्लेषक राजन लम्सालको भनाई छ ।  सेयर बजार एउटा लगानीको उत्तम माध्यम हो भन्ने आम सर्वसाधारणले बुझिसकेका छन् । कतिपय नेताले विगतमा सेयर बजार जुवाको खाल हो, अनुत्पादक क्षेत्र हो भने पनि अहिले उनीहरूले समेत आफ्ना बुझाइ सच्याएका छन् । त्योभन्दा बढी सर्वसाधारणले नै शेयर बजारमा उत्साहप्रद सहभागिता देखाएर पुँजी बजारप्रति सकारात्मक दृष्टिकोण बनिरहेको छ मलाई लाग्छ अब बजार घट्ने ठाँउ छैन बजार उकालो लाग्नु भनेकै कारोबारले थप उचाइ लिनु हो लम्सालले भने।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?